मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

काठमाडाैं | फागुन १७, २०७९

मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

धनगढी:  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ । 

 

मुख्यमन्त्रीले फागुन २१ गते विश्वासको मत लिनु हुने नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । ‘हाम्रो पार्टी नेतृत्वको सरकारले सम्भवतः फागुन २१ गते विश्वासको मत लिन्छ’, उहाँले भन्नुभयो । 

 

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठुलो पार्टीको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका उहाँले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । 

 

गठबन्धनको साथले मुख्यमन्त्रीले दुई तिहाइ बहुमत प्राप्त गर्न सक्नेमा आफूहरू विश्वस्त रहेको प्रदेश सभा सदस्य बमले बताउनुभयो । उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी पार्टी) र स्वतन्त्रको मत प्राप्त हुने बमको भनाइ छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्